News

इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने: अध्यक्ष नेपाल

फागुन,०९ ...

दोलखा । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने बताउनुभएको छ ।

दोलखाको सदरमुकाम चरिकोटमा शनिबार नेकपा एकीकृत समाजवादी दोलखाको १० औं जिल्ला अधिवेशनको  उद्घाटन गर्दै अध्यक्ष नेपालले  इतिहास बनिसकेको राजसंस्था फेरी फर्किएर आउन नसक्ने र जनताले समेत नपत्याउने बताउनुभयो । राजसंस्था फेरी फर्किएर आउने र साही साशन भोग्नु पर्ने अवस्था कुनै हालतमा सिर्जना नहुने उहाँको भनाई छ । अध्यक्ष नेपालले २४० वर्ष लामो राजतन्त्र र साही शासनले देश र जनताको हितमा के काम गर्यो ? भन्ने प्रश्नको जवाफ कसैसँग नभएको बताउनुभयो ।

राजतन्त्रलाई फर्काउने र निरंकुश सत्ता चलाउने सपना लिएर सलबलाएका प्रतिगमनकारी तत्त्वहरूको भरमा नपर्न आग्रह पनि गर्नुभयो । राजनीतिक दल र नेताहरुमा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनु पर्ने भन्दै नेता नेपालले राजनीतिक दल र नेताहरुवाटै समस्याको समाधान खोज्नु पर्ने धारणा राख्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सडकमा जुलुस निस्किदैमा सरकार आत्तिनु पर्ने अवस्था नरहेको भन्दै सरकार, संसद् र सडकबाट सहयोग गर्न समाजवादी मोर्चा तयार रहेको बताउनुभयो । २०६2/ ६३ को जनआन्दोलनमा राजसंस्था ढाल्ने विषयमा केही राजनीतिक दल हल्लिन खोजेर बेवि किङको प्रस्ताव आए पनि सबै एकजुट भएर निरंकुश सत्ताको अन्त्य गरी क्रान्ति सफल गरेको उहाँले स्मरण गर्नुभयो ।

 अध्यक्ष नेपालले दोलखाका स्वर्गीय नेता पशुपति चम्लागाईँको स्मरण पनि गर्नुभएको छ । चौंलागाईको गृह जिल्ला दोलखा आएर नेता नेपालले पार्टीको हरेक सङ्कटमा साथ दिएको स्मरण गर्दै उहाँले देखाएको बाटोमा अविचलित अघि बढिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेकपा एकीकृत  दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाले, पोलिट्ब्युरो सदस्य शिवप्रसाद भण्डारी लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य एव नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
दोलखाको  जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो ।